कमलामाई नगरपालिका संक्षिप्त परिचय
ऐतिहासिक पुरातात्वीक तथा धार्मिक महत्वका स्थानहरुको प्रचुरता रहेको कमलामाई नगरपालिका बागमति प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा भएका ९ स्थानीय तहहरु मध्येको एउटा हो ।यो नगरपालिका 2053 सालमा स्थापना भएको यस पालिकाको भौगोलीक फैलावट लाई आधारमान्दा यो नगरपालिका बागमति प्रदेशमा पहिलो स्थान र नेपालमा छैठो स्थानमा रहेको छ ।
यस नगरको दक्षिण तर्फको चुरे पहाडबाट निसृत हुने पवित्र कमला नदीको नामबाट नामाकरण भएको कमलामाई नगरपालिकाको बस्ती तथा खेतीपाति चुरे र माहाभारत विच कमला नदी र मरिण नदी उपत्यका र यी नदीका सहायक नदी प्रणालीहरुले बनाएको क्षेत्रमा छन् ।
नगरक्षेत्र भित्रको सामाजिक प्रणालीलाई जिवन्त र अविच्छीन्न राख्न यहाँका बहुजातीय समुदाय यीनीहरुका आ-आफ्नो रिती रिवाज सँस्कार र विविधता भित्रको एकताले निकै ठूलो भूमिका निर्वाह गरेको जनजाती बहुल जैविक विविधताले प्रचुर र धार्मिक सास्कृतिक सहिष्णुता युक्त्त कमलामाई नगरपालिका नेपालको खास महत्व बोकेको स्थानीय निकाय हो ।